Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

बढ्दो बैंकिङ अपराध, सर्वोच्चमा २५६ मुद्दा सुनुवाइका लागि सूचीबद्ध

बढ्दो बैंकिङ अपराध, सर्वोच्चमा २५६ मुद्दा सुनुवाइका लागि सूचीबद्ध

अर्थ प्लस
बढ्दो बैंकिङ अपराध, सर्वोच्चमा २५६ मुद्दा सुनुवाइका लागि सूचीबद्ध

काठमाडौं– आइतबार सर्वोच्च अदालतका तीन वटा इजलासमा कुल २ सय ५६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाको पेसी तोकिएको छ।

  • न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकाल: संयुक्त इजलासले गत भदौ २४ मा भएको आगजनीका कारण जलेका १ सय २२ वटा मुद्दाको मिसिल प्राप्तिको आदेश दिएको छ।

  • न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेल: गोपाल प्रसाद तिमिल्सेनाको बैंकिङ कसुरसम्बन्धी मुद्दा हेर्न नमिल्नेमा राखिएको छ।

  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र मेघराज पोखरेल: संयुक्त इजलासमा मात्रै १२३ वटा मुद्दा तोकिएका छन्, जसमा १२ वटा मिसिल जलेका छन्।

यीमध्ये एउटै व्यक्तिका धेरै मुद्दा परेका कारण र धेरैजसो बैंकिङ कसुरको पेसी सोही इजलासमा परेकोले मुद्दा संख्या बढी देखिएको सर्वोच्चले जनाएको छ।

त्यस्तै, चिरन बादे श्रेष्ठ र अखिल देवकोटाले नेपाल सरकारलाई विपक्षी बनाएर दिएको ३० वटा मुद्दा पनि प्रधानन्यायाधीश राउत र न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइका लागि तोकिएको छ।

 

सम्बन्धित समाचार