Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

यातायात कार्यालयबाट १२ करोड भन्दा बढी राजस्व सङ्कलन

यातायात कार्यालयबाट १२ करोड भन्दा बढी राजस्व सङ्कलन

अर्थ प्लस
यातायात कार्यालयबाट १२ करोड भन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन भएको छ ।

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व सङ्कलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिएका छन् ।

यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम सङ्कलन गरिएको हो ।

यातायात कार्यालय सुर्खेतबाट ११ करोड ९ लाख २० हजार ७३९ सङ्कलन भएको छ । जुम्लाबाट ६५ लाख ४२ हजार ३१९ सङ्कलन भएको जनाइएको छ ।

चौरजहारीस्थित कार्यालयबाट ८३ लाख ७ हजार ६०१ सङ्कलन भएको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । प्रदेश सरकारले तीन ठाउँबाट सङ्कलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

सम्बन्धित समाचार