Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं, बैशाख १७ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन पेश गरिसक्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापकहरूबाट खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार