Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग

अर्थ प्लस
भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ सहयोग गरेको हो । त्यसमा कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले गरेको २१ लाख रुपैयाँ योगदान थप गरी कुल ७२ लाख रुपैयाँको एकमुष्ट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

कम्पनीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि भइरहेका सरकारी तथा अन्य प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको पनि जनाएको छ ।

सम्बन्धित समाचार