Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा

सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा

अर्थ प्लस
सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ जस अन्तर्गत गाह्रकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ ।

यस सेवा अन्तर्गत ग्राहकहरुद्धारा बैंकको मोबाइल बैंङ्गिक एप (BankSmart XP >Easy Loan> Loan Services>Loan Against Share) मार्फत सेयर धितो कर्जाका लागि सजिलै अनलाइन आवेदन दिन सकिनेछ । साथै गाह्रकहरुले आफ्नो कुल धितो रहने सेयरको मुल्यांकनका आधारमा ७० प्रतिशत सम्म सेयर धितो कर्जा सहजै लिन सक्नुहुनेछ । यस सुविधा मार्फत ग्राहकहरुले आफ्नो व्यक्तिगत तथा व्यवसायिक आवश्यकता सहज रुपमा पूरा गर्न सक्नुहुनेछ भन्ने विस्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दाे वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकको सबै शाखाहरुमा उपलब्ध छ ।

यस सुविधाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, 'सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

फोनः ०१–५९७००२०
ईमेलः customercare@sbl.com.np

सम्बन्धित समाचार