Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

साताको पहिलो दिनको कारोबारमा नेप्सेमा गिरावट, कारोबार चार अर्बमाथि

साताको पहिलो दिनको कारोबारमा नेप्सेमा गिरावट, कारोबार चार अर्बमाथि

अर्थ प्लस
साताको पहिलो दिनको कारोबारमा नेप्सेमा गिरावट, कारोबार चार अर्बमाथि

काठमाडौं । लामो दशैं बिदापछि खुलेको धितोपत्र बजारमा पहिलो दिन उतारचढावपूर्ण सुरुवात भएको छ । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक (०.१६ प्रतिशत) ले ओरालो लागेर २,६२९.८२ विन्दुमा बन्द भएको छ।

सोमबार बजारमा १०,३४३,७०९ कित्ता सेयर कारोबार हुँदा रु ४ अर्ब २ करोड ४२ लाख १,१६८.०७ रुपैयाँको कुल कारोबार भयो । सोमबार बजार खुल्नासाथ सुरुवाती समयमा परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो ।

केही समयमै ओरालो लागेको बजार ११:४५ बजे आसपास सुधारिँदै २,६३७ विन्दु नजिक पुगेको थियो । तर, त्यो वृद्धि लामो समय टिक्न सकेन । मध्याह्नपछि बजारमा बिक्रिको चाप बढ्दा नेप्से लगातार घटेर अन्ततः रातोमा बन्द भयो ।

सम्बन्धित समाचार