Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

अर्थ प्लस
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो।

उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा तथा साँखु उपशाखा प्रमुख रोजिना मानन्धरको साथै कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

सम्बन्धित समाचार