Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल वेयरहाउजिङ कम्पनीको सातौं वार्षिक साधारण सभा फागुन १ गते सिमरामा हुने

नेपाल वेयरहाउजिङ कम्पनीको सातौं वार्षिक साधारण सभा फागुन १ गते सिमरामा हुने

अर्थ प्लस
नेपाल वेयरहाउजिङ कम्पनीको सातौं वार्षिक साधारण सभा फागुन १ गते सिमरामा हुने

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते अपरान्ह २ बजे सिमरामा रहेको होटल श्रेष्ठ रेसिडेन्सीमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट निर्देशन प्राप्त भएमा सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार