Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सामान्य अंकले बढ्यो नेप्से, पौने ६ अर्बमाथिको कारोबार

सामान्य अंकले बढ्यो नेप्से, पौने ६ अर्बमाथिको कारोबार

अर्थ प्लस
सामान्य अंकले बढ्यो नेप्से, पौने ६ अर्बमाथिको कारोबार

शेयर बजारमा झिनो सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६ सय ३० दशमलव ७६ बिन्दुमा अडिएको छ ।

उत्पादन तथा प्रशोधन, म्युच्युअल फण्ड र अन्य समुहको उपसूचक बढ्दा जलविद्युय समुहको उपसूचक १.६५ प्रतिशत बढेको छ । बाँकी सबै उपसूचकहरू घटेका छन् ।

नेप्सेसँगै यसदिन कारोबार पनि बढेको छ । आज ३६० वटा कम्पनीको १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजो ३४१ वटा कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार रुपैयाँमा किनबेच भएको थियो । आज १३५ वटा कम्पनीको शेयर बढेको छ भने १३६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

यसदिन बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको शेयर मूल्य सर्वाधिक १४.९९ र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर मूल्य १२.०९ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार