काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। यसमा ३३३ मिनेट अलनेट भ्वाइस कल र प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ ।
नेपाल टेलिकमका अनुसार प्याकेज आज कात्तिक १० देखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेजको अवधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्दा लाग्ने शुल्क मासिक भाडा शुल्कमा समावेश हुनेछ ।
प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट १४१५९३ डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन् ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि कम्पनीले निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
