काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले आजदेखि १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो।
यसअघि गत मंसिर २१ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको थियो। तर, कुनै आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा कम्पनीले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन दिनुपर्नेछ।
