काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले पुस २८ गतेका लागि तय गरेको १९औं वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीका अनुसार गणपुरक संख्या नपुगेका कारण सभा सम्पन्न गर्न नसकिएको हो।
कम्पनीले अर्को सूचना जारी गरी स्थगित साधारण सभा तथा सञ्चालक निर्वाचन चाँडै सम्पन्न गर्ने जनाएको छ।
