काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको १ लाख ४५ हजार ९७५ कित्ता सेयरको लक–इन अवधि आगामी माघ २८ गते समाप्त हुने भएको छ। कम्पनीले सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राखिएको थियो।
गत साउन १५ देखि साउन १९ गतेसम्म कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर सार्वजनिक गरेको थियो। उक्त आईपीओको बाँडफाँड साउन २९ गते सम्पन्न भएको थियो।
