Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ प्लस
मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं- मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले रु १०० अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ। जसबाट प्राप्त हुने कुल रकम ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ हुनेछ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता मेन्छियाम हाइड्रोपावरको तर्फबाट कम्पनी सचिव धन राज सुवेदी र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन्।

एनआईसी एशिया क्यापिटलले यसअघि सामूहिक लगानी कोष, डिबेन्चर र सेयर निष्कासन मार्फत १९ कम्पनीको प्राथमिक सेयर र ४ कम्पनीको हकप्रद सेयर निष्कासन गरिसकेको छ।

सम्बन्धित समाचार