Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै

अर्थ प्लस
एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। 

सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ।

एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.३५ प्रतिशत स्वामित्व रहनेछ। यो लगानी ३ चरणमा गरिनेछ।

अपर म्यादी जलविद्युत आयोजनाको क्षमता ५३.५ मेगावाट रहेको छ ।

सम्बन्धित समाचार