Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

होटल फरेष्ट इनद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

होटल फरेष्ट इनद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

अर्थ प्लस
होटल फरेष्ट इनद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

काठमाण्डौ – होटल फरेष्ट इन लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै साधारण सेयर जारी गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त अनुसार कम्पनीले रु. १०० अंकित दरमा ४० करोड रुपैयाँ बराबरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आवेदन अवधि छिटोमा माघ ८ गतेसम्म र ढिलोमा माघ १८ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ खुला गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार