Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बढ्यो शेयर बजार, कारोबार रकम ८ अर्ब ४० करोड माथि

बढ्यो शेयर बजार, कारोबार रकम ८ अर्ब ४० करोड माथि

अर्थ प्लस
बढ्यो शेयर बजार, कारोबार रकम ८ अर्ब ४० करोड माथि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २,६७२ को विन्दुमा कायम भएको छ । 

आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । 

विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढेको छ ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढेको छ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको५३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

4.JPG

सम्बन्धित समाचार