Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन बुलियन कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

हिमालयन बुलियन कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

अर्थ प्लस
हिमालयन बुलियन कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ – चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा सुरु गरिसकेको जनाएको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरका १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ज्योति क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइनेछ। सम्झौताअनुसार ज्योति क्यापिटलले सम्पूर्ण व्यवस्थापन, नियामक निकायहरूसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ।

कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा आईपीओ निष्कासन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। हिमालयन बुलियन कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ महानगरपालिका–१ मा रहेको छ।

 

सम्बन्धित समाचार