Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

भुजुङ हाइड्रोले सर्वसाधारणलाई माघ १२ देखि आईपीओ निष्कासन गर्ने

भुजुङ हाइड्रोले सर्वसाधारणलाई माघ १२ देखि आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
भुजुङ हाइड्रोले सर्वसाधारणलाई माघ १२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं। भुजुङ हाइड्रोपावरले माघ १२ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन अनुमति बोर्डबाट पाएको छ। यसमध्ये १० लाख कित्ता आईपीओ आयोजना प्रभावितलाई र १ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकको छ।

बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई, ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८ लाख ३० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणलाई निष्कासन गर्नेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा माघ १५ र ढिलोमा माघ २६ सम्म हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

सम्बन्धित समाचार