काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड आज बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। समारोहका बीच गरिएको बाँडफाँडमा कुल २१ लाख ९९ हजार २६ आवेदन परेका मध्ये २१ लाख ९६ हजार ३६ आवेदन सदर भएका छन्।
सदर भएका ४६ हजार ६८१ जना आवेदकलाई ४ लाख ६६ हजार ८१७ कित्ता सेयर वितरण गरिएको छ। साथै, ७ जना आवेदकलाई थप एक/एक कित्ताका दरले सेयर प्राप्त भएको छ। मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको हो।
संस्थाले गत पुस २१ गतेदेखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो।
