Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि बढाइयो

सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि बढाइयो

अर्थ प्लस
सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि बढाइयो

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ। कम्पनीले यसअघि छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते आईपीओ निष्कासन बन्द हुने तय गरेको थियो। अब भने आवेदन माघ २१ गतेसम्म दिन सकिने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर, कुल २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

त्यसमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लम्जुङको मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानिय बासिन्दाका लागि र बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जारी गरिएको छ।

स्थानिय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार