Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शेयर बजारमा उत्साह, कारोबार रकममा पनि उल्लेख्य सुधार

शेयर बजारमा उत्साह, कारोबार रकममा पनि उल्लेख्य सुधार

अर्थ प्लस
शेयर बजारमा उत्साह, कारोबार रकममा पनि उल्लेख्य सुधार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा भारी वृद्धि भएको छ । आज नेप्से परिसूचक ४२।२६ अंकले बढेर २,७१४ को विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । 

सबैभन्दा धेरै (९३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएको छ। आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

एनआरएन कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ३७ करोडको शेयर कारोबार भएको छ ।

6.JPG

सम्बन्धित समाचार