Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनआईसी एशिया लघुवित्तको नाफा ३४६% ले बढ्यो, वितरणयोग्य मुनाफा भने ३९.२० करोडले ऋणात्मक

एनआईसी एशिया लघुवित्तको नाफा ३४६% ले बढ्यो, वितरणयोग्य मुनाफा भने ३९.२० करोडले ऋणात्मक

अर्थ प्लस
एनआईसी एशिया लघुवित्तको नाफा ३४६% ले बढ्यो, वितरणयोग्य मुनाफा भने ३९.२० करोडले ऋणात्मक

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४६.४७ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी ६४.६३ प्रतिशतले बढेको छ । संस्थाले ५५ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले ३३ करोड ४७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेका छ । अघिल्लो आवमा ३ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी घटेर २१ लाख ५३ हजार रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै संस्थाको खुद सञ्चालन आम्दानी ४७ करोड ९३ लाख र सञ्चालन मुनाफा ३ करोड ५९ लाख रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङ ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक छ । रिजर्भको आकार भने ७७ करोड ६६ लाख रुपैयाँबाट बढेर ७७ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाले समीक्षा अवधिसम्ममा ग्राहकहरुबाट २ अर्ब ५९ करोड रुपैयाँबराबरको निक्षेप संलकन र १८ अर्ब ७८ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक बनेको छ।  

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १३.३७ प्रतिशतबाट बढेर १७.३८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१६.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५८.३६ गुणा र तरलता अनुपात २६.२१ प्रतिशत कायम छ ।  

सम्बन्धित समाचार