काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ घाटा खेपेको पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा ९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको हो।
समीक्षा अवधिसम्म कम्पनीको कर्मचारी खर्च ५२ लाख ७८ हजार, अन्य सञ्चालन खर्च ४४ लाख ८४ हजार र वित्त खर्च ८ करोड ३ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ छ भने रिजर्भको आकार ७६ लाख ६४ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ।
कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ७८ लाख र कुल चालु दायित्व २१ करोड ९३ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०२.७५ रुपैयाँ र तरलता अनुपात ०.४० प्रतिशत कायम भएको छ।
