Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल वेयरहाउजिङ कम्पनीको लक इन अवधि जेठ १९ गते सकिने

नेपाल वेयरहाउजिङ कम्पनीको लक इन अवधि जेठ १९ गते सकिने

अर्थ प्लस
नेपाल वेयरहाउजिङ कम्पनीको लक इन अवधि जेठ १९ गते सकिने

काठमाडौं, बैशाख १९ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि आउदो जेठ १९ गते सकिने भएको छ ।

कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले १३ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपिओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो ।

यसरी बाँडफाँडमा कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ६८ लाख ७५ हजार रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता शेयर लक इनमा रहेको थियो । आउदो जेठ १९ गते सोही शेयरको लक इन अवधि सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार