काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले १ करोड १९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीको आम्दानी उल्लेख्य वृद्धि भएसँगै नाफा आर्जन गर्न सफल भएको हो। समीक्षा अवधिमा कुल आम्दानी ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६८.७५ प्रतिशतले वृद्धि भएको हो। साथै, कम्पनीले ५ लाख ३५ हजार रुपैयाँबराबरको अन्य आम्दानी पनि गरेको छ।
तर, वित्त खर्च भने बढेको छ। अघिल्लो वर्ष १६ लाख ३४ हजार रुपैयाँ रहेको खर्च यस अवधिमा बढेर २९ लाख ५५ हजार रुपैयाँ पुगेको छ।
यस अवधिसम्म कम्पनीको रिजर्भ ४ करोड ३९ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको २ करोड ८५ लाख रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो।
कम्पनीको वित्तीय सूचकाङ्कहरू यसप्रकार छन्:
-
प्रतिसेयर आम्दानी (EPS): ३.९७ रुपैयाँ
-
प्रतिसेयर नेटवर्थ: १०७.३६ रुपैयाँ
-
प्रतिसेयर कुल सम्पत्ति मूल्य: १३०.६३ रुपैयाँ
-
मूल्य–आम्दानी अनुपात (P/E Ratio): १९७.७७ गुणा
-
तरलता अनुपात: ०.९८ प्रतिशत
