काठमाण्डौ । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति दिएको हो।
यससँगै कम्पनीले रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले वहन गर्नेछ।
