Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विदेश अध्ययन र भ्रमणको क्रम बढ्दो, ६ महिनामै बाहिरियो १ खर्ब बढी रकम

विदेश अध्ययन र भ्रमणको क्रम बढ्दो, ६ महिनामै बाहिरियो १ खर्ब बढी रकम

अर्थ प्लस
विदेश अध्ययन र भ्रमणको क्रम बढ्दो, ६ महिनामै बाहिरियो १ खर्ब बढी रकम

काठमाडौं –काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले विदेश घुम्न र पढ्न १ खर्ब बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ६ महिनामा नेपालीले विदेश भ्रमण र अध्ययनमा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका हुन्। केन्द्रीय बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ।

यसमध्ये शिक्षातर्फको व्यय ५६ अर्ब ८३ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५।१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो।

विश्लेषकहरूका अनुसार विदेश पढ्न जाने विद्यार्थीको संख्या, घुमफिरप्रतिको बढ्दो रुचि र आयातमुखी सेवा उपभोगका कारण सेवा खातामा दबाब बढिरहेको छ। यसले दीर्घकालमा वैदेशिक मुद्रा सञ्चितिमा थप चुनौती ल्याउन सक्ने संकेत गरेको छ । 

सम्बन्धित समाचार