Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

आइएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान

आइएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान

अर्थ प्लस
आइएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान

काठमाडौं। इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त, बैकंकमा आयोजित छैठौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा”  आइएमई लाइफ इन्स्योरेन्सले तिन विधामा अवार्ड हातपार्न सफल भएको छ ।

कम्पनीले उत्कृष्ट ग्राहमुखि सेवा (The Best Customer Oriented Company), बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड (Best Strategies for Insurance Coverage) र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायक मण्डलले निर्णय गरेको थियो । यस कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको  छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी हुनुभएको थियो उहाँले डिजिटल प्रविधि र एआई को उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पार्नुभयो

गत वर्ष पाँचौं संस्करणमा पनि आइएमई लाइफले उत्कृष्ट जीवन बीमक, बिमा नेतृत्वमा महिला र बिमामा पहुँच विस्तारका लागि उत्कृष्ट रणनीति विधासहित तीन विधामा उपाधि हात पारेको थियो।


सम्बन्धित समाचार