Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

अर्थ प्लस
सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं, बैशाख २१ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । यस शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जोकोहीले खरिद गर्न पाउने गरी वैशाख १३ गतेदेखि लिलामीमा ल्याएको थियो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा कम्तीमा पाँच हजार कित्ता र अधिकतममा सबै शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै बैंकको विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

सम्बन्धित समाचार