Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

तामाकोशी नदीमा भएको बस दुर्घटनाः अपडेटः मृतकको संख्या १२ पुग्यो

तामाकोशी नदीमा भएको बस दुर्घटनाः अपडेटः मृतकको संख्या १२ पुग्यो

अर्थ प्लस
तामाकोशी नदीमा भएको बस दुर्घटनाः अपडेटः मृतकको संख्या १२ पुग्यो

काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।

सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार