Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

विमानस्थलमा सुरक्षा व्यवस्था कडाः २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन 

विमानस्थलमा सुरक्षा व्यवस्था कडाः २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन 

अर्थ प्लस
विमानस्थलमा सुरक्षा व्यवस्था कडाः २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन 


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् । 

स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । 

विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘गोल्डेनगेट भित्र प्रवेश गर्न रोक लगाइएको छ, बाहिर सडकमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।

 

सम्बन्धित समाचार