Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

अर्थ प्लस
ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, बैशाख २२ । ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाले वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए । 

उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ । 

ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो  । सो बैंकमा ४६ लाखभन्दा बढी  निक्षेपकर्ताहरु एवं ६० हजार भन्दा बढी ऋणीहरु रहेका छन् । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरु ग्राहकहरुबिच पस्किँदै आइरहेको छ ।

यो कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरुमार्फत हरेक वर्ष अभियानकै रुपमा सञ्चालन हुँदै आएको छ ।

उक्त कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कुनै पनि डिजिटल बैंकिङ सुविधाहरु नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपुर उपभोग नगरेका तथा नियमित रुपमा उक्त सुविधाहरु प्रयोग गरेका ग्राहकहरूलाई आमन्त्रण गरिएको बैंकले जनाएको छ । 

सम्बन्धित समाचार