Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा सिल गर्न निर्वाचन आयोगको सिफारिस

अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा सिल गर्न निर्वाचन आयोगको सिफारिस

अर्थ प्लस
अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा सिल गर्न निर्वाचन आयोगको सिफारिस


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ का लागि तय भएको निर्वाचन अन्तर्गत नेपाल–भारत र नेपाल–चीन सीमा नाका सिल गर्न सिफारिस गरिएको हो ।

भारतसँग नेपालको खुला सीमा छ । त्यसैगरी नेपाल–चीन सीमा नियन्त्रित अवधारणाअन्तर्गत छ । दुवै देशका नागरिक भिसा र सीमावर्ती जिल्लाका हकमा स्थानीय प्रशासनले जारी गरेको अस्थायी पासका आधारमा आवागमन गर्न पाइन्छ । आयोगले निर्वाचनका बेला अत्यावश्यक वस्तु तथा सेवाको हकमा जाँच गराएर र बाँकीको हकमा आवागमन पूर्ण रूपमा बन्द गराउन सिफारिस गरिएको हो ।

सम्बन्धित समाचार