Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भिभोको सबैभन्दा ठूलो ७२०० एमएएच ब्याट्री भएको स्मार्टफोन ‘भिभो वाई३१डि’ सार्वजनिक

भिभोको सबैभन्दा ठूलो ७२०० एमएएच ब्याट्री भएको स्मार्टफोन ‘भिभो वाई३१डि’ सार्वजनिक

अर्थ प्लस
भिभोको सबैभन्दा ठूलो ७२०० एमएएच ब्याट्री भएको स्मार्टफोन ‘भिभो वाई३१डि’ सार्वजनिक

काठमाडौं, फागुन १३, २०८२ – भिभोले आज आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता भएको नयाँ स्मार्टफोन ‘भिभो वाई ३१डि’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ब्याट्री (एन्ड्युरेन्स), भरपर्दो टिकाउपन (ड्युराबिलिटी) र सहज प्रदर्शनलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि डिजाइन गरिएको योे स्मार्टफोनले शक्तिशाली र भरपर्दो दैनिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यस फोनको मुख्य विशेषता भनेको यसको ७२०० एमएएचको विशाल ’ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाटको ’फ्ल्यास चार्ज’ प्रविधिले सहयोग गरेको छ, जसले द्रुत र कुशल चार्जिङ सुनिश्चित गर्दछ । २५–आयामी सुरक्षा संरक्षण र ६–वर्षे ब्याट्री स्वास्थ्यको सुविधा रहेको यस फोनमा १६०० पटक चार्ज गरिसकेपछि पनि ब्याट्रीले कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्छ, जसले दीर्घकालीन ब्याट्री र भरपर्दोपनको नयाँ मापदण्ड स्थापित गरेको छ ।

वास्तविक जीवनको टिकाउपनलाई ध्यानमा राखेर निर्माण गरिएको यस डिभाइसमा आई पी ६८ र आई पी ६९ धुलो तथा पानी प्रतिरोध क्षमता, एसजीएस ५–स्टार ड्रप रेसिस्टेन्स प्रमाणीकरण, मिलिट्री–ग्रेड ड्रप प्रोटेक्सन र टाइटन ग्लास रहेको छ । ’वन–ट्याप वाटर एण्ड डस्ट इजेक्सन’ (एक ट्यापले पानी र धुलो निकाल्ने) र ’वेट–ह्यान्ड टच’ (भिजेको हातले पनि चलाउन सकिने) जस्ता स्मार्ट सुविधाहरूले चुनौतीपूर्ण अवस्थामा पनि सहज सञ्चालन सुनिश्चित गर्दछ ।

स्न्यापड्रागन ६एस जेन २ (फोरजी) प्रोसेसरद्वारा सञ्चालित भिभो वाई३१डि क्वालकमको सबैभन्दा सक्षम चिपसेटहरूमध्ये एक हो, जसले कम पावर खपतमा पनि कुशल र स्थिर प्रदर्शन गर्दछ । ओरिजिनओएस ६ मा सञ्चालित यो फोनमा ’ओरिजिन आइल्याण्ड’ र एआई–संचालित ’एआई सुपरलिंक’ तथा ’एआई क्याप्सन’ जस्ता सुविधाहरू रहेका छन्, जसले वाई३१डीको उत्पादकत्व, सिर्जनात्मकता र कनेक्टिभिटीलाई अभिवृद्धि गरेको छ ।

भिभो वाई३१डि ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई रंग विकल्पहरूमा दाराज र नेपालभरका खुद्रा पसलहरूमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ६जीबी + १२८जीबी भेरियन्टको लागि २९,४९९ रुपैयाँ, ८जीबी + १२८जीबी भेरियन्टको लागि ३३,९९९ रुपैयाँ र शीर्ष–अन्तको ८जीबी + २५६जीबी भेरियन्टको लागि ३८,९९९ रुपैयाँ तोकिएको  छ ।

 

सम्बन्धित समाचार