Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

अर्थ प्लस
डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा। डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ताराप्रसाद जोशीले अग्रता लिएका छन्। 

निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जोशीले एक हजार ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शेरसिंह मालले ५३० मत प्राप्त गरेका छन्। 

यस्तै, नेपाली कांग्रेसका नयनसिंह महरले ५०८, नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन्।  त्यहाँ ९० हजार ४०३ मतदाता भएकामा मत ४५ हजार ९०९ खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १३ जना प्रत्यासी छन्। 

सम्बन्धित समाचार