Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल

अर्थ प्लस
सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल

काठमाडौँ, २३ वैशाख । सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको खुद आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । मादी खोलाको पानीको प्रवाह राम्रो भएकाले सुख्खायाम पुसदेखि चैतसम्म कन्ट्राक्ट इनर्जीभन्दा बढी आम्दानी भएको कम्पनीले जनाएको छ ।  

कम्पनीको वित्त खर्च ५६ करोड ७९ लाख, कर्मचारी खर्च ६७ लाख ३५ हजार र अन्य सञ्चालन ५ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १० करोड ८४ लाख रुपैयाँबराबर रहेको छ ।  

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १४ करोड ६५ लाख र कुल चालु दायित्व ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०५.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३८.०६ रुपेयाँ र तरलता अनुपात २.५७ प्रतिशत कायम भएको छ ।   

सम्बन्धित समाचार