Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विद्युत बिक्री आम्दानी बढेसँगै सिंगटी हाइड्रोको खुद नोक्सानी घट्यो

विद्युत बिक्री आम्दानी बढेसँगै सिंगटी हाइड्रोको खुद नोक्सानी घट्यो

अर्थ प्लस
विद्युत बिक्री आम्दानी बढेसँगै सिंगटी हाइड्रोको खुद नोक्सानी घट्यो

काठमाडौँ, २३ वैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी ९ करोड ३२ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.३२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५१ करोड ९९ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५३ करोड ७२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.३४ प्रतिशत बढेको छ भने कुल खर्च ७.३३ प्रतिशत घटेको छ।

शतप्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुर्याएको यस कम्पनीको शेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७१ पैसा रहेको छ।

सम्बन्धित समाचार