Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक

अर्थ प्लस
एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक

काठमाडौँ, २३ वैशाख । एशियन हाईड्रोपावर लिमिटेड ४ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९५.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २ करोड ५० लाख रुपैयाँ थियो ।    

कम्पनीको खुद आम्दानीमा पनि २२.८७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवसम्म १० करोड ७ लाख रुपैयाँ थियो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ६८ लाख २० हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । ३४ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ७ करोड ८६ लाख र कुल चालु सम्पत्ति ६ करोड ९८ लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.३७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९७.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४५१ रुपैयाँ र तरलता अनुपात १.१३ प्रतिशत कायम भएको छ ।  

 

सम्बन्धित समाचार