Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल

जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल

अर्थ प्लस
जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल

काठमाडौँ, २३ वैशाख । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको बीमा पोलिसीको बिषयमा छलफल गरेको छ।

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकद्वय दिनेशलाल कर्ण र पुजन ढुङ्गेल उपस्थिती रहेको थियो ।

जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल सहित बीमा कम्पनीका सिईओहरु सहभागी भएका थिए । कार्यक्रममा जीवन बीमालेख स्वीकृति समस्या तथा चुनौतीहरु र जीवन बीमा क्षेत्रमा देखिएका विद्यमान समस्याहरुको बिषयमा उजागर गरिएको थियो ।

कार्यक्रममा जीवन बीमा कम्पनीका सिईओहरुसँग जीवन बीमा क्षेत्रमा देखिएका समस्याको बिषयमा अन्तक्रिया समेत गरिएको थियो । कार्यक्रमको संचालन बीमा प्राधिकरणका बीमालेख शाखा प्रमुखमा राम कोजुले कार्यक्रम संचाल गरेको थियो । प्रस्तुती निर्देशक पुजन ढुङ्गेलले दिएकी थिईन् ।

एशियन लाइफको लगानी रहेको होटेल क्राउन इम्पिरिय होटलमा पत्रकार नबोलाई नेपाल बीमा प्राधिकरणले गोप्य अन्तक्रिया राखेको छ ।

सम्बन्धित समाचार