Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जेठ १ गतेदेखि ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय

जेठ १ गतेदेखि ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय

अर्थ प्लस
जेठ १ गतेदेखि  ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय

काठमाडौँ, २४ वैशाख । धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको वैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

‘हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको छ,’ धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।’

धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्

 

सम्बन्धित समाचार