Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन लाइफले घोषणा गरेको लाभांश क्यान्सिल हुने

सिटिजन लाइफले घोषणा गरेको लाभांश क्यान्सिल हुने

अर्थ प्लस
सिटिजन लाइफले घोषणा गरेको लाभांश क्यान्सिल हुने

काठमाडौँ, २४ वैशाख । सिटिजन लाइफले सोमबार घोषणा गरेको लाभांश क्यान्सिल हुने भएको छ। प्राधिकरणलाई सोध्दै नसोधी लाभांश घोषणा गरेपछि उसको घोषित लाभांश क्यान्सिल हुने भएको हो।

“सिटिजनले हामीलाई केही कुरा नसोधी सिधै एकलौटी रुपमा लाभांश घोषणा गरेको छ। जुन नियम विपरीत छ। उसलाई कारबाही हुन्छ” बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने।

कम्पनीले एकै वर्षमा दुई पटक लाभांश घोषणा गरेको हकमा के हुन्छ भन्ने प्रश्नमा सिलवाल भन्छन् ” पहिलो कुरा त हामीलाई नसोधी गरेको छ। त्यही गलत छ। अर्को कुरा उसले यो वर्ष पुन लाभांष दिन पाउँदैन। यसलाई के कारबाही गर्ने हो हामी छलफल गर्दै छौ”।

सिलवालका अनुसार सोमबार नै कम्पनीका अधिकारीहरुलाई प्राधिकरणले छलफलका लागि बोलाएको छ। त्यसपछि कम्पनीले घोषणा गरेको लाभांष क्यान्सिल हुने छ।

यता कम्पनीले वर्षमा दुई पटक लाभांश घोषणा गरेका कारण दोस्रो बजारमा मूल्य बढेको छ। सोमबार मात्रै यो समाचार तयार पार्दासम्म करिब ६ प्रतिशत मूल्य बढेको छ। लगानीकर्ताहरूलाई कम्पनीले नराम्ररी फसाएको छ। कम्पनीले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने भन्दै सोमबार लाभांश घोषणा गरेको थियो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भनेको थियो। वैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको नेप्से मार्फत जारी सूचनामा भनेको थियो। उसले सूचनामा नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने जनाएको थियो। इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्नका लागि सो लाभांश वितरण गर्न लागेको थियो। 

सम्बन्धित समाचार