Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

अर्थ प्लस
महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं, वैशाख २४ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानीमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले ५ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.८६ प्रतिशतले घट्दै ११ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड ८६ लाख र सञ्चालन मुनाफा ५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ १७ करोड ४० लाखबाट बढेर १७ करोड ८५ लाख र रिटेन्ड अर्निङको आकार पनि ८८ लाख ५३ हजारबाट बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।  

तेस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । 

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९.८० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७७ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ३ करोड ५६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३२.१७ रुपैयाँबाट घटेर २४.६८ रुपैयाँ कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०१.८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५४.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४५ गुणा र तरलता अनुपात ६.१६ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार