Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

पाल्पाको माथागढी गा.पा–७, मा टिपर दुर्घटनामा परी चार जनाको मृत्यु

पाल्पाको माथागढी गा.पा–७, मा टिपर दुर्घटनामा परी चार जनाको मृत्यु

अर्थ प्लस
पाल्पाको माथागढी गा.पा–७, मा टिपर दुर्घटनामा परी चार जनाको  मृत्यु

पाल्पा । पाल्पामा शनिबार (चैत ७) बेलुका भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी अर्घाखाँचीको शितगंगा नगरपालिका–४, सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देहीको देवदह नगरपालिका–२, खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१०, पटुवाका ३३ वर्षीय राजन चिदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी होमप्रकाश चौधरीले बताए ।

रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा चिदीको मृत्यु भएको हो । अरू तीनजनाको यसअघि मृत्यु भएको थियो ।पाल्पाको माथागढी गाउँपालिका–७, रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु२ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको थियो । उक्त टिपर झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार