Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

१९ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको खुद नाफा

१९ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको खुद नाफा

अर्थ प्लस
१९ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको खुद नाफा

काठमाडौं, वैशाख २५ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १९.१३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार प्रकाशित चालू आर्थिक वर्ष(आव) २०८०। ०८१ को अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको हो । 

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीले सो अवधिसम्ममा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ, पीई रेशियो ४४.४४ र नेटवर्थ प्रतिशेयर १५५.७५ रुपैयाँ छ ।कम्पनीले दिर्घकालिन रुपमा १४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेको छ भने अल्पकालिन रुपमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको छ ।

सम्बन्धित समाचार