Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेप्सेमा उच्च अंकको गिरावट, दुई दिनमा ११९अंकले घट्यो

नेप्सेमा उच्च अंकको गिरावट, दुई दिनमा ११९अंकले घट्यो

अर्थ प्लस
नेप्सेमा उच्च अंकको गिरावट, दुई दिनमा ११९अंकले घट्यो

काठमाडौं– सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन पनि उच्च अंकको गिरावट आएको बजारमा आज ४७.७१ अंकले घटेको हो ।

यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अंकमा थियो ।

आज सेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २६ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.९० अंकले घटेर ४८१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको बजारमा आज १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १ लाख ५९ हजार ३२८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । 

आज बजार घटे पनि ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

सम्बन्धित समाचार