Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आजको मौसम: पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, देशभर मेघगर्जन सहित वर्षाको सम्भावना

आजको मौसम: पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, देशभर मेघगर्जन सहित वर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसम: पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, देशभर मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।

आज दिउसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार