Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल बैंक र ई-कमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई-कमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

अर्थ प्लस
नेपाल बैंक र ई-कमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं-  नेपाल बैंक लिमिटेड र ई–कमर्स अनलाइन प्लेटफर्म दराजबीच बैंकका ग्राहकहरुलाई अनलाइन सामान खरिद गर्दा छुट प्राप्त हुने भुक्तानी सेवा सम्झौता भएको छ।

२०८२ साल चैत्र १८ गते भएको सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन्। यो सम्झौता २०८२ साल चैत्र २० (२०२६ अप्रिल ३) बाट लागू हुँदै चैत्र २७ (२०२६ अप्रिल १०) सम्म कायम रहनेछ।

सम्झौतामा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन्। नयाँ वर्ष २०८३ नजिकिदै गर्दा नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको हो।

नेपाल बैंकका ग्राहकहरुले दराजमा अनलाइन खरिद गर्दा डेबिट कार्ड प्रयोगमा अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु ५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगमा अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्नेछ। यसका लागि नेपाल बैंकको कुनै पनि शाखाबाट ई–कमर्स सुविधा सक्रिय गर्न सकिनेछ। बैंकले क्रेडिट कार्डको लागि आवेदन दिन पनि ग्राहकहरुलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार