काठमाडौं, वैशाख २५ । नेपाल रिपब्लिक मिडियाले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ९१ लाखबाट घटेर १३ करोड ५७ लाख रुपैयाँमा झरेको छ । जसका कारण कम्पनी घाटामा गएको हो ।
यता, वित्तीय खर्च भने ४ करोड ९ लाखबाट घटेर २ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । यो मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ ५१ करोड ५० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५४ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ८१ पैसा छ ।
