Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

युनियन हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

युनियन हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

अर्थ प्लस
युनियन हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  

सभा ललितपुरमा रहेको सिद्धार्थ कटेजमा भौतिक तथा भर्चुअल माध्यमबाट हुनेछ ।  

बैठकले आगामी वैशाख ६ गते बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभाबाट कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन तथा उद्देश्य थप गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

सम्बन्धित समाचार